असार ५, २०७८
चाैतारा : गत असार १ गतेदेखि सो गाउँपालिकाको वडा नं. १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाले जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकारी तिमिल्सिनाले सार्वजनिक गरेको विवरण अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्दे भन्ने स्थानका बर्ष ३५का सुनिल तामाङ, बर्ष ३५ का पूर्ण तामाङ, बर्ष ५० का कामी तामाङ, उनकी ८० बर्षकी आमा नोकी तामाङ रहेका छन् ।
ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्ममा काम गर्ने अन्दाजी बर्ष ३५ का नाम नखुलेको एक महिला र उनका २ बर्षका एक छोरा पनि बेपत्ता भएका छन् ।
बेपत्ता हुने अन्यमा भण्डारी ट्राउट फर्म किउलका बर्ष ३१ मा माधव भण्डारी, चुरेटार १ का ४२ बर्षका गणेश ज्योति, भण्डारी ट्राउट फर्ममा काम गर्ने बर्ष २३ का सुरेन्द्र नेपाल र पाल्चोक सेराक बर्ष ६६ बर्षकी दिकुमारी खड्का रहेकी छिन् ।
यसैगरी जय बागेश्वरी ट्राउट फर्ममा काम गर्ने बर्ष ५० का च्याङ्बा तामाङ, उनकी ४५ बर्षकी श्रीमती काली तामाङ्लाई बाढीले बेपत्ता पारेको छ ।
यस्तै चालिसे फाँट हल्देका ४६ बर्षका भिम प्रसाद भण्डारी र ९० बर्षका तस्वीर तामाङ पनि रहेका छन् । हेलम्बु चनौटेका ५५ बर्षका ज्ञानेन्द्र कक्षपति बेपत्ता भएका छन् ।
मेलम्ची खानेपानी बाँधस्थल अम्बाथानका काम गर्ने चाइनिज ३ जना, भारतिय ३ जना र नेपाली २ जना गरी ८ जनालाई बाढीले बेपत्ता पारेको छ ।
यस्तो छ बाढीबाट भएको भौतिक क्षतिको विवरण
हेलम्बु गाउँपालिका वडा नं. १ को तिम्बुमा रहेको मेलम्ची खोला पुल बाढीले बगाएको छ भने दङतोम्बा मोटरेबल पुल बाढीले बगाएको छ । चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ भने वडा नं. २ चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा रहेको छ ।
यस्तै वडा नं. १ को सर्काथली झोलुङ्गे पुल बाढीले बगाएको छ भने च्याम्भेदो झोलुङ्गे पुल पनि बगाएको छ । हेलम्बु गाउपालिकाको वडा नं. ४ र वडा नं. ३ जोड्ने ग्याल्थुम तोरिश्वारा झोलुङ्गे पुल र. वडा नं. २ र वडा नं. ७ जोड्ने चनौटे झोलुङ्गे पुल बाढीले बगाएको छ ।
– वडा नं. १ र वडा नं. ६ जोड्ने चालिचे च्युरिखर्क झोलुङ्गे पुल बाढीले बगाएको छ ।
– वडा नं. २ र वडा नं. ६ जोड्ने थापाटार झोलुङ्गे पुल बाढीले बगाएको छ ।
–काठमाण्डौ–मेलम्ची न.पा हुँदै हेलम्बु आउने सडकको ढुङ्ग्रे बजार खण्ड करिब ३०० मिटर, चनौटे देखि गणेशेम्म को करिव ७०० मिटर, भूमेश्वारी तितेखानी खण्ड करिब ५०० मिटर र किउल–तिम्बु– अम्बथाङ ५ कि.मि. सडक पूर्ण रुपमा बाढीले बगाई बगरमा परिणत भएको छ ।
–वडा नं. ७ को इचोक जाने बाटो करिब १ किमि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बाढीले बगाएर क्षति भएको मुख्य बस्तीहरुः
–वडा नं. १ स्थित च्युरिखर्क, तिम्बु, हल्दे, अम्बाथानमा गरी करिब २८ घर टहरा भित्रका चौपाया तथा खाद्यान्न सहित बगाएको छ ।
–वडा नं. २ पुरानो चनौटे बजार– मुक्तीटार – गणेशेबगर – किउल सम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११३ परिवार विस्थापित भएका छन् ।
–वडा नं. २, किउलमा रहेको नवनिर्मित ईलाका प्रहरी कार्यलय, हेलम्बु बाढीले बगाएको छ भने वडा नं. ३ स्थित भण्डारी सिममा रहेको ३ घर बगाएको छ ।
–वडा नं. ७ मा रहेको चनौटे मुख्य बजार भित्र रहेका करिव २५ व्यापरिक पसल बाढीले बगाएको र अधिकांश घरहरु पूर्ण रुपमा क्षति भएको छ ।
८ रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षति
हेलम्बु गाउँपालिकामा पछिल्लो समय लोकप्रीय बन्दै गएको रेन्बो ट्राउट माछा फर्मपनि बाढीको सिकार भएको छ । मेलम्ची बाढीबाट ८ वटा फर्म पूर्ण रुपमा नष्ट हुँदा करोडौँको क्षति भएको छ ।
–वडा नं. १ को तल्लो तिम्बु स्थित हेलम्बु रेन्बो ट्राउट तथा रिसर्च प्रा.लि. पूर्ण रुपमा क्षतिग्रस्त भएको ।
–वडा नं. २ को धर्तिमाता ज्योति ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ स्थित ठंगले सामुदायिक कृषि ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ को भण्डारी ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ गणेशे बगर ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ३ को जयबागेश्वरी रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ४ मा रहेको रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ६ को न्यू भण्डारी ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको यो क्षतिको आंशिक विवरण हो । बिस्तृत विविरण तयार भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस