२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

अरनिको राजमार्ग भत्कियाे, तत्काल सञ्चालनमा ल्याउन सभामुखले थाले पहल

  • २०७८ अषाढ ५, शनिबार मा प्रकाशित ३ साल अघि
  • असार ५, २०७८

    चाैतारा : भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको छ भने अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ।

    त्यस क्षेत्रमा सडक बन्द भएपछि चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाकासमेत बन्द भएको छ। 

    यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा र  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङबीच भेटवार्ता भएको छ।

    भेटवार्ताको क्रममा तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।

    गएरातीको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख सापकोटाले मन्त्री नेम्वाङ मार्फत्  यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

    जोखिममा परेका स्थानीयको उद्धार, सुरक्षित बसोबास र बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका छन्।

    सभामुख सापकोटा र मन्त्री नेम्वाङबीच सम्वादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ । 

    महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस