२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

अझै राेकिएन मेलम्चीकाे कटान (हेर्नुहाेस् पछिल्ला तस्बिरहरू)

  • २०७८ अषाढ ५, शनिबार मा प्रकाशित ३ साल अघि
  • असार ५, २०७८

    चाैतारा : मेलम्ची खाेलामा पुनः आएकाे बाढीकाे बहाव अझै कम भएकाे छैन। असार १ गतेबाट अाएकाे बाढीकाे बहाव अझै कम नभएको हाे।

    गयराति फेरि मेलम्ची उर्लिदा प्रहरी चाैकी, वडा कार्यालय र विद्यालय भवन समेत बगाएको छ।

    असार १ गते अाएकाे बाढीले हेलम्बुदेखि मेलम्चीसम्मकाे तल्लाे तटिय क्षेत्रकाे बस्तीहरू बगरकाे रूपमा परिणत भएका छन्।

    मेलम्चीदेखि माथिका नदि आसपासका संरचनाहरु ढल्ने क्रम नराेकिएकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताए।

    बाढीले अकल्पनीय क्षति गरेकाे हुनाले हालसम्म कति क्षति गर्याे भन्ने एकिन विवरण समेत छैन।

    हेर्नुहाेस् पछिल्ला तस्बिर :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस