असार ५, २०७८
चाैतारा : मेलम्ची खाेलामा पुनः आएकाे बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुकाे नवनिर्मित अत्याधुनिक भवन बगाएकाे छ ।
राति एक्कासी बाढी आएकाे बाढीले हेलम्बु-२ मा अवस्थित प्रहरी कार्यालय भवन बगेकाे हाे ।
गयरातीकाे बाढीले हेलम्बु-२ काे वडा कार्यालय समेत बगाएकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
गत रातिकाे बाढीकै कारण हेलम्बु-४ मा रहेकाे इष्ट पाेइन्ट एकेडेमीकाे पक्कि भवन समेत बगाएकाे छ । मेलम्चीदेखि माथिका नदि आसपासका संरचनाहरु ढल्ने क्रम राेकिएकाे छैन ।
बाढीले मेलम्ची नगरपालिका -६ मा रहेकाे तेर्से माविकाे विद्यालय भवनमा क्षति पुगेकाे छ ।
यस्तै, हेलम्बु गाउँपालिका -४ काे वडाकार्यालय समेत जाेखिममा रहेकाे छ।
पानी नपरेकाे समयमा समेत बाढी आउन थालेपछि के कारणले बाढी आउँछ भन्ने कुरामा स्थानीय अनविज्ञ छन् ।
मानविय क्षति समेत ब्यहाेरेकाे हेलम्बु गाउँपालिकामा नदिले धार परिवर्तन गर्ने र जमिन कटान गर्ने काम नराेकीएकाले भाैतिक क्षति राेकिएकाे छैन ।
मेलम्चीमा राहतकाे थुप्राे लागे पनि बढी क्षति व्यहाेरेकाे हेलम्बु गाउँपालिकामा अझै आवश्यक राहत पुगेकाे छैन ।
प्रतिक्रिया दिनुहोस