असार ४, २०७८
चाैतारा : मेलम्ची नदीमा आएको बाढीमा वेपत्ता हुनेको संख्या २० पुगेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले २० जना बाढीमा हराईरहेको जानकारी गराएको हो ।
बाढीले बगाएका तीन शव फेला परेको छ । बाढीमा परि पाँचजना घाईते सहित ९४ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
मंगलबार हेलम्बु गाउँपालिका १ नाकुत्तेमा पाँचसय मिटर माथीबाट झरेको पहिरोले नदीथुनिदा मेलम्चीनदीमा बाढीको वहाब बढेको थियो ।
बाढीबाट मेलम्ची तथा ईन्द्रावती नदी किनारका तल्लो क्षेत्रमा भौतिक क्षति र माथिल्लो क्षेत्रमा मानवीय क्षति भएको छ । बाढीले प्रभावित हेलम्बुमा शुक्रबार वल्ल राहतपुगेको स्थानीयले बताएका छन् ।
सडक सञ्जाल र विद्युततथा सञ्चार विच्छेद भएको हेलम्बु गाँउपालिकामा३९ घर बाढीले बगाएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी प्रकाश सापकोटाले बताए।
तीम्बु, किउल, चालिसे, गणेशे बगर, चनौटे लगायतका मेलम्ची करिडोरका सबै बजारमा अकल्पनीय क्षति भएको छ।
बाढीले दश वटा झोलुङ्गे पुल, छ वटा पक्कीपुल, ईलाकाप्रहरी चौकी हेलम्बु सहिततीनप्रहरी युनिट र जुगल गाउँपालिकामा रहेको मुनलाईट हाईड्रोपावरमा पूर्ण क्षतिपुगेको छ।
वर्षा केहीकम भएपछि राहत, उद्धार तथा समन्वयमा पुगेका सुरक्षा निकाय, स्वयम्सेवी तथा जनप्रतिनिधिले बाढी सुरु भएको हेलम्बु तथा पाँचपोखरीको माथिल्लो क्षेत्रको अवस्थावारे जानकारी पाएका छन् ।
बाढीले पाँचपोखरी क्षेत्रमा याङ्ग्री र लार्केले पनि क्षति पु¥याएको पाँचपोखरी गाउँपालिका २ का अध्यक्ष पासाङ लामाले बताए । सो क्षेत्रका ६८ घरमा पूर्ण क्षतिभएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस