२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेलम्चीमा बाढी : एक सामुदायिक र एक निजी विद्यालयमा क्षति

  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असार ४, २०७८

    चाैतारा : मेलम्चीमा आएको बाढीले दुई वटा विद्यालयमा क्षति पुगेको छ। बाढीले एउटा सामुदायिक र एउटा नीजि विद्यालयमा क्षति पुगेकाे हाे।

    मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रुपमा बाढीले क्षति पुर्‍याएको छ ।

    यस्तै हेलम्बु गाउँपालिका-४ मा रहेका निजी विद्यालय इस्ट पोइन्ट एकेडेमीको भवन बाढीले बगाएको हो । विद्यालयको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा पुर्‍याएका प्रधानाध्यापक दामोदर भारतीले बताए ।

    मेलम्ची नगरपालिकाको तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको प्रधानाध्यापक कृष्ण ढुंगानाले बताए ।

    राति १२ बजे आएको बाढीले विद्यालयको भवन बगाएको र अहिले खोलाले विद्यालयतर्फ नै मोड लिइरहेकोले कत्ति बेला के हुन्छ भन्न नसकिने उनको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस