२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पहिरोले खोला थुनिँदा मेलम्ची डुबानमा

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असार ३, २०७८

    चौतारा : पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी गएको पुष्टि भएको छ । पहिरोले मेलम्ची खोला एक घण्टा थुनिँदा मेलम्चीमा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    १ असारमा मेलम्ची घ्याङमा पहिरो जाँदा मेलम्ची खोला एक घण्टा थुनिएको र बाँध फुटेर मेलम्चीमा बाढी गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केन्द्रका अनुसार शेर्माथाङ क्षेत्रमा १८.८ मिलिमिटर वर्षा भएको थियो ।

    मेलम्ची जलाधार क्षेत्रको शेर्माथाङ वर्षा मापन केन्द्रको तथ्यांक अनुसार उक्त क्षेत्रमा २९ जेठमा धेरै पानी परेको थियो । त्यसयता १ असारसम्म हल्का र मध्यम वर्षा भएको थियो ।

    पहिरोले थुनिएको खोला विष्फोट हुँदा मेलम्ची क्षेत्रमा ढुंगा, माटो र लेदोसहितको बाढी आएको थियो । यही लेदोले पानीको सतह बढेपछि मेलम्ची बजार क्षेत्र डुबानमा परेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस