२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरले २ करोड दिने

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असार ३, २०७८

    चाैतारा : सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ। बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सहयोगको घोषणा गरेका हुन्।

    मंगलबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सहयोग गर्न लागेको महानगरपालिकाले जनाएको छ।

    त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।

    कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस