असार ३, २०७८
चौतारा ः मेलम्ची बाढी प्रभावितलाई चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहयोग गर्ने भएको छ।
बिहिबार बसेको नगरपालिका स्तरीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई ३ ३ लाख नगद सहयोग गर्ने भएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए।
गत साल पनि नगरपालिकाले बाह्रबिसे नगरपालिका ३ लाख र भोटेकोशी गाँउपालिकालाई २ लाख नगद सहयोग गरेको थियो।
प्रतिक्रिया दिनुहोस