२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेलम्चीमा बाढीकाे वितण्डा (तस्बिरहरू)

  • २०७८ अषाढ २, बुधबार मा प्रकाशित ३ साल अघि
  • असार २, २०७८

    चाैतारा : लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ।

    मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।

    स्वास्थ्य मन्त्री शेरबहादुर तामाङकाेअनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ ।

    बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

    बाढीमा परेर दर्जनौं बेपत्ता भएका छन् भने क्षतिको एकिन छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस