२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्ची बाढी अपडेट : दर्जनौं बेपत्ता, क्षतिकाे एकिन छैन

  • २०७८ अषाढ २, बुधबार मा प्रकाशित ३ साल अघि
  • असार २, २०७८

    चाैतारा : मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

    उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ ।

    बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

    “नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ,” उनले भनेका छन्, “यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छ । स्थानीय जनता, जसको घर बगाएको छ उहाँरूलाई घर हुनेहरूले आश्रय दिन अनुरोध गर्छु ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस