२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

गृहजिल्लामा सभामुख : स्वास्थ्य सामाग्री हस्तान्तरण, विपत्तिबारे चासो

  • २०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित ३ साल अघि
  • जेठ ३१, २०७८

    चाैतारा : सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

    सभामुख सापकोटाले सोमबार जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

    सभामुखले जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन पश्चात् केन्द्रलाई डिजिटल एक्स्रे मेसिनलगायतका महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे सभामुखकाे प्रेस विज्ञ श्रीधर न्याैपानेले बताए।

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट स्वास्थ्य केन्द्रका लागि १५ लाख रकमान्तर गरेकाे समेत बताए।

    यस्तै, बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

    स्वास्थ्य सामाग्री हस्तान्तरण गरेलगत्तै सभामुखले बाह्रबिसे नगरपालिकामा प्रमुख, उपप्रमुखलगायतसँग छलफल गरी काेराेना र प्राकृतिक विपत्तिको पूर्व तयारी सम्बन्धमा जानकारी समेत लिएका छन्।

    प्राकृतिक विपत्तिकाे चपेटामा परेकाे सिन्धुपाल्चोकलाई आफ्नो तर्फबाट सकेकाे सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस