जेठ २४, २०७८
चाैतारा : मंगलबारबाट सिन्धुपाल्चोकको सबै स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका व्यक्तिका लागि खोप लगाउन लागेको हो ।
चिन सरकारबाट अनुदान प्राप्त भेरोसिल खोप सो उमेर समुहका व्यक्तिलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय चौताराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताए ।
४ हजार १ सय ६ जनालाई खोप लगाउने लक्ष्य सहित दुइ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने उनलेे बताए।
प्रतिक्रिया दिनुहोस