२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

खोपका लागि मित्रराष्ट्रहरूसँग पहल भइरहेको छ : स्वास्थ्यमन्त्री तामाङ

  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • जेठ २४, २०७८

    चाैतारा : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खाेप ल्याउन मित्रराष्ट्रहरूसँग पहल भइरहेको बताएका छन। सोमबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न उपाय खोजेर पनि नेपालमा खोप ल्याउन पहल गरिरहेको उनले बताएका हुन्।

    उनले पिसिआर परीक्षणको दायरा पनि बढाउँदै जाने बताए। नेपाली जनतालाई कोरोनामुक्त बनाउने मुख्य प्राथमिकता रहेको पनि उनले बताए। उनले भने,‘जेष्ठ नागरिकको जीवन रक्षामा लागि परेका छौँ, भोलिबाट ६० देखि ६४ वर्ष उमेरकालाई खोप लगाउँदै छौ,खोप ल्याउन मित्र राष्ट्रसँग पहल गरिरहेको छ,विभिन्न उपाय अपनाएर भएपनि खोप प्राप्त गर्नेछौँ।’

    बालबालिकाको हकमा पनि अहिलेबाट नै मन्त्रालय सचेत रहेको उनको भनाइ छ। ‘केही निजी अस्पतालहरूले कोभिड उपचारमा ४० लाखसम्म शुल्क लिएकाे रिपोर्ट सुनेको छु,सरकारले उपचार मापदण्ड तोकेको छ,बढी शुल्क लिन पाइदैन,सरकारले यसमा अनुगमन गर्ने छ,’ तामाङले भने।

    उनले दुर्गम ठाउँमा पनि मेडिकल कलेज खोल्न सरकार लागि परेको बताए। भने,‘केही अस्पतालमा कोभिड उपचारका सामग्री औषधि नपुगेको गुनासो आएको छ, यहीबाट तत्काल सबै ठाउँमा स्वास्थ्य सामग्री पुर्‍याउन सम्बन्धित विभागलाई निर्देशन दिन्छु।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस