२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्धुपाल्चोकमा काेराेना संक्रमणबाट २२ जनाले ज्यान गुमाए

  • २०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • जेठ १७, २०७८

    चाैतारा : सिन्धुपाल्चोकमा कोरोनाकाे दाेस्राे लहरमा मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ। आज मात्रै थप २ जनाको मृत्यु भएपछि मृत्तककाे संख्या २२ पुगेकाे हाे।

    चौतारा साँगाचोकगढी नगरपालिकाका १ पुरुष र मेलम्ची नगरपालिकाका १ पुरुषको मृत्यु भएकाे हाे।

    चौतारा सांगाचोकगढी नगरपालिका वडा नं १ का ८५ बर्षीय पुरुष र मेलम्ची नगरपालिका वडा नं ८ केउरेनि बस्ने बर्ष ६५ को पुरुषको मृत्यु भएको हो ।

    १५÷२० दिन अघिदेखि चौतारा अस्पतालको आईसोलेसनमा बसेका चौतारा १ का ८५ बर्षीय पुरुष हिजो मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। तर आज दिउसो मृत्यु भएको हो ।

    यस्तै मेलम्चीका पुरुषको कोरोना पोजेटिभको कारण आज बिहान आफ्नै घरमा मृत्यु भएको हो ।

    दाेस्राे लहरमा सिन्धुपाल्चोकमा काेराेना संक्रमण र मृत्युुदर तिव्र रूपमा फैलिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस