२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

काेराेना नियन्त्रणमा हेलम्बुकाे सक्रियता : खाेप किन्न माग्याे अनुमति

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • जेठ १४, २०७८

    चाैतारा : कोरोना भाईरस राेकथाम तथा नियन्त्रणमा हेलम्बु गाउँपालिकाले सक्रियता देखाइएको छ।

    संक्रमित बढ्दै गएपछि नियन्त्रणका लागि हेलम्बुले भ्याक्सिन उपलब्ध गराईदिन वा खरिदको लागि अनुमति दिन सरकारसँग अनुरोध गरेकाे हाे।

    काेराेनाकाे नयाँ भेरियन्टसहितको कोरोनाका विरामी दिन प्रतिदिन बढ्न थालेपछि भ्याक्सिन खरिदको अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको हो ।

    पालिकाले आफ्ना सबै नागरिकलाई पुग्ने गरि ३० हजार खोप किन्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पाले बताए ।

    काेराेना संक्रमित बढ्दै गएपछि गाउँपालिकाले टाेल टाेलमा स्वास्थ्यकर्मी समेत परिचालन गरिरहेकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस