२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

देश, जनता र संविधानलाई केन्द्रमा राखेर असाधारण निर्णय गर्नसक्छु : सभामुख

  • २०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जेठ १३, २०७८

    काठमाडौं : सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए ।

    ‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’

    उनले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताए ।

    त्यसक्रममा उनले पार्टीहरूसँग पनि परामर्श गर्ने बताए । ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन्’ सापकोटाको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस