जेठ १३, २०७८
चाैतारा : सिन्धुपाल्चोकमा निषेधाज्ञाको समय पुन १ साता थप गरिएको छ ।
जेष्ठ १४ गते सम्मको लागि रहेको निषेधाज्ञाको समय थप १ साता थपिएको छ । यो सँगै सिन्धुपाल्चोकमा २१ गते राति १२ बाजे सम्म निषेधाज्ञा जारी भएको हो ।
आज बिहिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक तथा सहायक जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।
काेराेनाकाे दाेस्राे लहरमा सिन्धुपाल्चोकमा तिव्र रूपमा काेराेना फैलिएको छ। समुदाय स्तरमै संक्रमण फैलिएको हुनाले जाेखिम अझै कम हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस