जेठ १२, २०७८
चाैतारा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चौतारा अस्पताललाई १० सिलिन्डर अक्सिजन सहयोग गरेका छन्।
पूर्वमन्त्री बस्नेतले बिहिवार चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरे।
सिलिण्डर भर्नको लागि ६ हजार नगद समेत सहयोग गरेका छन् । जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार सो सहयोग गरेका छन् ।
चौतारा अस्पतालमा १० वेडको कोभिड उपचार केन्द्र बनाउने उदघोष गरेका थिए तर अस्पतालले वेड अस्पतालमा नै रहेको हुँदा वेड अन्यन्त्र दिन आग्रह गरेको थिए ।
बस्नेतले मंगलबार खाडिचौरको सिन्धु सदावहार अस्पतालमा २५ , भोटेकोशीको चाकुमा ५ बेड, जलबिरे स्वास्थ्य केन्द्र, ५ गरी ३५ बेडको कोभिड उपचार केन्द्र उद्घाटन गरिसकेका छन्।
कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ।
पूर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, नवलपुर स्वास्थ्य केन्द्र र हेलम्बुमा समेत अक्सिजन सहितको बेडको स्थापना तत्काल गर्ने बताएका छन् । जिल्लामा आवश्यक परे थप उपचार केन्द्र स्थापना गर्ने समेत उनको प्रतिबद्धता रहेको छ ।
प्रतिक्रिया दिनुहोस