२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

ओलीइतर गठबन्धनले भन्यो : चुनाव घाेषणा, निरङ्कुश सत्ता लम्ब्याउने चाहाना

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ १२, २०७८

    चाैतारा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर निरङ्कुश सरकार लम्ब्याउने प्रयास गरेकाे विपक्षी गठबन्धनले आराेप लगाएको छ।

    सिन्धुपाल्चोक जिल्ला शाखाले बिहिवार संयुक्त वक्तव्य जारी गर्दै ५ दलले प्रधानमन्त्रीले काेराेनाकाे संक्रमण बढिरहेको बेलामा चुनाव घाेषणा गरेर सत्ता लम्ब्याउने खेल खेलेको आराेप लगाएका हुन्।

    कांग्रेसका सभापति विकास लामा, माओवादी केन्द्रका अध्यक्ष गाेविन्द पराजुली, नेकपा एमालेका अध्यक्ष झम्क नेपाल (माधव नेपाल खेमा), जसपा अध्यक्ष जगत बहादुर तामाङ र जनमाेर्चाका अध्यक्ष दिर्घबहादुर सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै विराेध जनाएका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस