२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

यास चक्रवातको प्रभाव : देशैभर पानी पर्ने, हिमाली भेगमा हिमपात

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ १२, २०७८

    चाैतारा : बंगालको खाडीमा रहेको चक्रवात ‘यास’को आंशिक प्रभावले देशका अधिकांश भू–भागमा मौसम बदली रहेको छ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहेको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

    बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ। यस्तै, बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस