२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

भारतको अनुदानमा पुनर्निर्माण हुने हेलम्बुका पुरातात्त्विक गुम्बा शिलान्यास

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ १२, २०७८

    चाैतारा : भारत सरकारकाे अनुदानमा पुनर्निर्माण हुने हेलम्बुकाे पुरातात्त्विक गुम्बाकाे शिलान्यास गरिएको छ। भुकम्पबाट भत्किएको गुम्बा ५ सय बर्षभन्दा पुरानो एेतिहासिक गुम्बाकाे शिलान्यास गरिएको हाे।

    बौद्ध धर्म विधिअनुसार पुजागरी बुद्ध जयन्तीको अवसरमा विधिवत सम्पन्न सिलन्यास गरिएको साेहि क्षेत्रका सांसद तथा पुर्वमन्त्री शेरबहादुर तामाङले बताए।

    मेलम्ची घ्याङ, तार्के घ्याङ र सेर्माथाङ घ्याङ्हरुको शिलान्यास गरिएको हाे। करोडौंको लगानीमा पूरातात्विक महत्वका गुम्बाहरु सिमेन्ट पिलर र ढलान प्रयोग नगरिने र अधिकतम काठ प्रयोग गरेर बनाईने भएकाले नमुनाकाे रूपमा स्थापित हुने उनलेे बताए।

    भारत सरकारको अनुदानमा नेपाल सरकार भूकम्प पून:निर्माण प्राधिकरण, पूरातत्व विभाग, भवन विभागले निर्माणको संयोजन गरिरहेको छ ।

    शिलान्यास कार्यक्रममा पुर्वमन्त्री तामाङसहिथ बौद्ध धर्म गुरु पूर्व मन्त्री खेन्पो डा लार्क्याल लामा, बागमती प्रदेश सांसद निमा लामा, समाजसेवी दावा लामा ह्योल्मो लागायत धर्म गुरुहरु, सम्बन्धित गुम्बाका लामाहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस