जेठ ११, २०७८
चाैतारा : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जिम्मेवारीबाट पतन भएकाे विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले अाराेप लगाएकाे छ।
प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका माधव नेपाल पक्षकाे विद्यार्थी संगठनले यस्तो अाराेप लगाएकाे हाे।
मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विघटनको विरोध गरेका छन्। नेविसंघ जिल्ला अध्यक्ष दावा ग्याल्बु लामा अनेरास्ववियु जिल्ला अध्यक्ष रवि भण्डारी र अखिल क्रान्तिकारीका अध्यक्ष मिलन लामाले संयुक्त रुपमा वक्तव्य जारी गर्दै सर्वोच्च अदालतले पुनस्थापना गरेको संसदको दोस्रो पटक विघटन गरी सार्वभौम जनतामाथि निरंकुश र अधिनायकबादी डकैती गरेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस