२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चाैतारामा अक्सिजन प्लान्ट स्थापनाका लागि थाले पहल

  • २०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • जेठ ७, २०७८

    चाैतारा : काेराेनाकाे दोस्रो लहरका कारण सिन्धुपाल्चोकमा अक्सिजनको चरम अभाव भएपछि सभामुख अग्निप्रसाद सापकोटाले अक्सिजन प्लान्ट स्थापनाका लागि पहल थालेका छन्।

    चौतारा अस्पतालको माग पत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि सभामुखले पहल थालेका हुन्।

    चाैरामा अक्सिजन प्लान्ट स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्रक्रिया अघि बढाईसकेकाे सभामुख सचिवालयले जनाएको छ।

    केही हप्तामै चाैतारामा अक्सिजन प्लान्ट स्थापनाको हुने भएकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस