२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

काेराेनाकाे नाममा रकम संकलन नगर्न प्रशासनकाे निर्देशन

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जेठ ६, २०७८

    चाैतारा : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले काेराेना रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न कोष खडा गरि रकम संकलन नगर्न निर्देशन दिएकाे छ।

    जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको बिहीबार बसेकाे बैठकले यस्तो निर्णय गरेको हो ।

    गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको विभिन्न पत्रानुसार काेराेनाकाे नाममा रकम संकलन नगर्न नगराउन निर्देशन दिएको हो ।

    कुनै व्यक्ति वा संस्थाले यस्तो सहयोग गर्न चाहेमा नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सक्ने पत्रमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस