२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्ची बजार पनि सिल, जथाभावी नहिड्न आग्रह

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • जेठ ४, २०७८

    चाैतारा : मेलम्ची नगपालिकामा कोरोना संक्रमितको संख्या वढ्दै गएपछि मेलम्ची बजार क्षेत्र सिल गर्ने भएकाे छ।

    यहि जेठ ८ गते राती १२ः०० बजेसम्म सिल गर्ने निर्णय नगरपालिकाले गरेकाे हाे।

    मेलम्ची नगरपालिका ११ निवासी ७६ बर्षिय एक पुरुषको यहि जेठ ३ गते निधन भएकाले यस नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरु शिल गरिएको नगरपालिकाका उपप्रमुख भगवति नेपाल द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

     मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोला देखी सोही वडाको फट्टेपुलसम्म , मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैचा क्षेत्रभित्र, मेलम्ची ११ विसौना क्षेत्रभित्र र मेलम्ची बजार देखी मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्रभित्र सिल गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नगरपालिकाले बन्दको अवज्ञा गर्दै जथाभावी नहिड्न समेत आग्रह गरेको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस