जेठ १, २०७८
चाैतारा : सिन्धुपाल्चोक जिल्लाकाे काेराेनाकाे दाेस्राे लहरमा ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ।शुक्रबार इन्द्रावती गाउँपालिका ४ टाकुरेका ७१ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्तकाे संख्या ७ पुगेको हाे।
उनको घरमै मृत्यु भएको कार्यवाहक वडाध्यक्ष दया कुमारी मिश्रले जानकारी दिइन् । उनको मृत्युपछि एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको थियो ।
परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव व्यवस्थापन सेनाले गरेको छ । मृतकका घरका अन्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलले जनाएको छ ।
त्यसाे त पछिल्लो चरणमा सिन्धुपाल्चोककाे काेराेना संक्रमितका संख्या समेत ह्वात्तै वृद्धि भइरहेकाे छ। हाल ५ सयभन्दा धेरै संक्रिय संक्रमित रहेका छन्।
काेराेनाकाे पहिलो लहरमा भन्दा दाेस्राे लहरमा संक्रमित र मृत्तकाे संख्या धेरै रहेकाे छ। पहिलो लहरमा पनि नेपालमा पहिलो काेराेना संक्रमितकाे मृत्युु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा भएकाे थियो।
प्रतिक्रिया दिनुहोस