जेठ १, २०७८
चाैतारा : काेराेनाकाे संक्रमित बढेपछि चाैतारा साँगाचाेकगढी नगरपालिकाले टाेल टाेलमै पुगेर स्वाव संकलन गर्न थालेकाे छ।
काेराेना समुदाय स्तरमै पुगेपछि नगरपालिकाले टाेलमै पुगेर स्वाव संकलन थालेकाे हाे।
नगरपालिकाका स्वास्थ्यकर्मीको टोली टोल टोलमा नै पुगेर स्वाब लिने गरेका नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश नेपालले जानकारी दिए ।
शुक्रबार मात्रै नरगपालिका भित्रका २ सय ६३ जनाको नमुना स्वाब संकलन गरेको उनलेे बताए।
नरगपालिकाको वडा नम्बर १० को सुकुटे बजार १ सय ३१ र वडा नं. ११ मा १ सय ३२ जना गरी जम्मा २ सय ६३ नगरबासीको स्वाब संकलन गरिएको बताए।
यसअघि संक्रमित भएकाहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो । कोरोना सक्रमितको सम्पर्कमा आएकाहरुमा पनि संक्रमण हुन सक्ने हुँदा उनिहरुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख नेपालले बताए ।
उनले हालसम्म नगरपालिकाले १ हजार नौ सय ५० जनाको स्वाब संकलन गरिसकेको समेत नयाँ अभियानलाई जानकारी दिए ।
स्वास्थ्य टोलीले हालसम्म चौतारा, कुविण्डे, सानाेसिरुवारी, ठूलोसिरूवारी, पिपलडाँडा, जल्केनी, कदमबास लगायतका गाउँमा स्वाब लिएको छ । स्वाब संकलन नगरपालिकाका सबै टोल तथा गाउँमा गरिनेछ ।
आइतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा स्वाव संकलन गरिने तयारी रहेको छ ।
नगरपालिकामा हालसम्म २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ४ जनाले ज्यन गुमाएका छन भने ३४ जनाले भने कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् । संक्रमित बढेपछि नगरपालिकाले राेकथाम तथा न्यूनीकरणमा सक्रिय भूमिका खेलेकाे छ।
प्रतिक्रिया दिनुहोस