बैशाख ३०, २०७८
चाैतारा : हेलम्बु गाउँपालिकाले गाउँ बस्तीमा स्वास्थ्यकर्मीको टोली परिचालन भएका छन्।
बुधबारबाट मौसमी रुघाखोकी लगायतका आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँ बस्तीहमा परिचालित भएका हुन्।
बुधबार हेलम्बु गाउँपालिकाको २ को भिरखर्क र चुरेटार क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकाे गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
बिहिबार वडा नम्बर ५ को खरबुजे लगायतका गाउँहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन समेत बताए।
स्वास्थ्यमा समस्या, केही जिज्ञासा तथा सुझावहरु भए स्वास्थ्यकर्मीको टोली समक्ष राख्न पनि गाउँबासीमा अनुरोध गरेका छन्।
आवश्यकता रहेसम्म याे अभियानले निरन्तरता पाउने उनको भनाइ छ। निषेधाज्ञामा सुरक्षित भएर बस्न पनि सबैमा अनुरोध समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस