बैशाख २९, २०७८
चाैतारा : नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेतले बिरामी बाेक्नकाे लागि गाडी उपलब्ध गराउने भएका छन्।
सिन्धुपाल्चोक जिल्लामा कोभीड-१९ या अन्य रोग लागेका विरामीहरूलाई अस्पताल पुर्याउनका लागि गाडी उपलब्ध गराउने भएका हुन्।
बिरामी बाेक्न दिएकाे गाडी आफुले फिर्ता नलिने गरी दिन लागेकाे कांग्रेस नेता युघिर पाण्डेले बताएका छन्।
काेराेना महामारीलाई ध्यानमा राखी १ वर्ष सम्म सवारीको सम्पुर्ण खर्च समेत व्यहाेर्ने उनलेे बताए।
उक्त गाडीमा बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु नपर्ने समेत जनाएका छन्।
उनले भने, ‘एउटा संचालक समिति बनाएर यी सबैको व्यवस्था हुन्छ। यथाशीघ्र गाडी हस्तान्तरण गरि सेवा सुचारु हुनेछ।’
सिन्धुपाल्चोक जिल्लामा विभिन्न पक्षहरुसंग छलफल गरी एक महिना भित्रमा नै सेवा संचालन गर्ने गरी कम्तिमा एकसय वेडको नि:शुल्क कोभीड-१९ सेवा केन्द्र स्थापना गर्ने तयारी समेत गरेका छन्।
सेवा केन्द्रमा अक्सीजन र भेन्टिलेटरको व्यवस्था हुने बताए। निकट भबिष्यमा पी. सी. आर. मेसीन पनि राखिने समेत दाबी गरे।
प्रतिक्रिया दिनुहोस