२०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025

सिन्धुपाल्चोकमा काेराेना : कुन पालिकामा कति छन् संक्रमित ?

  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २९, २०७८

    चाैतारा : काेराेनाकाे दास्राे लहर सुरु भएसँगै सिन्धुपाल्चोकमा संक्रमितकाे दर बढ्दै गइरहेको छ। जिल्ला स्थास्थ्य कार्यालयकाे पछिल्लो तथ्यांक अनुसार जिल्लामा ४ सय ९६ काेराेना संक्रमित पुगेका छन्।

    संक्रमितमध्ये सबैभन्दा धेरै चाैतारा साँगाचाेकगढी नगरपालिकाका रहेका छन् भने सबैभन्दा कम पाँचपाेखरी थाङ्पाल गाउँपालिकाका रहेका छन्।

    हालसम्म जिल्लाबाट ९ जना मात्रैले मात्रै काेराेना जितेर घर फर्केका छन्। काेराेनाकाे दाेस्राे लहरमा मात्रै ६ जनाले ज्यान गुमाइसकेका छन्।

    बलेफी ९, बाह्रबिसे २४,भोटेकोसी ८, चौतारा सागाचोकगढी २३४, हेलम्बु ३१, इन्द्रावती १६, जुगल १३ छन्।

    यस्तै , लिसखुपाखार ९, मेलम्ची ४३, पाँचपोखरी ४, सुनकोसी १०, त्रिपूरा ७ र ठेगान नखुलेको ६९ रहेकाे स्वास्थ्य कार्यालयकाे तथ्यांकमा छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस