२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्धुपाल्चोकमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ पुग्याे

  • २०७८ बैशाख २८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २८, २०७८

    चाैतारा : सिन्धुपाल्चोकमा काेराेनाकाे दाेस्राे लहरमा मृत्युु हुनेकाे संख्या ६ पुगेको छ। आज एक महिलाको मृत्यु भएपछि मृत्यु हुनेकाे संख्या ६ पुगेको हाे।

    मृत्यु हुनेमा मेलम्ची नगरपालिका १२ कि ७० वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो स्वाब नमुना संकलन गरिएको थियो ।


    ती महिलाको हिजै राति मृत्यु भएको थियो । मृत्यु भएपछि उनका परिवार तथा आफन्तले दाहसंस्कार समेत गरिसकेका थिए ।

    यस्तै, आज एकैदिन ३० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    १ सय ४८ जनाको स्वाब  परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

    आज कोरोना संक्रमण हुनेमा  मेलम्ची नगरपालिकाका १९ जनाको परिक्षणमा १८ जना,चौतारा सँगाचोकगढी नगरपालिका ११ का १ सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको स्वास्थ कार्यालयले जानकारी दिएको छ।

    यो सँगै जिल्लामा हालसम्म  दोस्रो लहरमा मात्रै  ४४९ जना सक्रिय संक्रमित रहेका भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस