२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

अब बागमती प्रदेशका सबै जिल्लामा काेराेना परिक्षण हुने

  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २७, २०७८ चाैतारा : बागमती प्रदेशका सबै जिल्लाका अब काेराेना परिक्षण हुने भएकाे छ। प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याबकाे स्थापना गर्ने भएपछि अब सबै जिल्लामा काेराेना परिक्षण हुने भएकाे हाे। मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन्।

    यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ। केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ।

    अब प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुने उनलेे बताईन्।

    मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लागि लाग्ने रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने भएकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस