बैशाख २६, २०७८
चाैतारा : सिन्धुपाल्चोक जिल्लामाकाे काेराेनाकाे जाेखिम उच्च भएकाे छ। पछिल्ला दिनहरूमा सिन्धुपाल्चोकमा दैनिक दर्जनभन्दा धेरै संक्रमित थपिने गरेका छन्।
जिल्लामा अाजमात्रै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेलम्ची नगरपालिकाका ५ जना, चौतारा नगरपालिकाका ७ जना, जुगलका ५ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगैं जिल्लमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ ।
यस्तै सिन्धुपाल्चोक स्थायी घर भएर बाहिर परिक्षण गर्नेकाे संख्या पनि ठुलाे छ। काभ्रे र काठमाडौंमा परीक्षण गर्नेको संख्या १ सय २४ रहेको छ । यो जोड्दा जिल्लका कुल संक्रमितको संख्या ४ सय १७ पुगेको छ ।
कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको छ । काेराेनाकाे जाेखिम बढेपछि प्रशासनले भाेलिबाट लागू हुनेगरी वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरेकाे छ।
प्रतिक्रिया दिनुहोस