बैशाख २६, २०७८
चाैतारा : सिन्धुपाल्चोक जिल्लामा अाईतबारबाट पूर्ण रुपमा निषेधाज्ञा लागू गरेको छ ।
चौतारामा आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने भएको छ ।यस अघि केन्दले जिल्लाका सडक आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस