२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पार्टी एकता कायम राख्न प्रदेश पूर्वमन्त्री अरूण नेपालका ६ प्रस्ताव

  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २३, २०७८

    चाैतारा : एमालेभित्रको विग्रह फराकिलो बन्दै गइरहेको छ । एमालेभित्रको कलह विभाजनको अन्तिम राउन्डमा प्रविष्ट भएका बेला नेताहरूले एकताको प्रस्ताव भन्दै आफ्ना धारणा अघि सार्न थालेका छन् ।

    नेता माधवकुमार नेपाल समूहका मानिएको वागमती प्रदेशका पूर्वमन्त्री अरूण नेपालले ६ बुँदे प्रस्ताव अघि बढाएका छन् । उनले २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील गर्नुपर्ने कुरा उठाएका छन् ।

    २०७५ जेठ २ मै कायम केन्द्रीय कमिटीको बैठक बोलाउने र यथाशीघ्र महाधिवेशनको मिति तय गर्नुपर्ने र त्यसका लागि आयोजक कमिटीको बैठक गठन गर्नुपर्ने उनको सुझाव छ ।

    “आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ । मातहत कमिटीका अधिवेशन गर्ने समयसीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔँ । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं,” उनले प्रस्ताव गरेका छन् ।

    ओली समूहका नेताहरूले पनि वैशाख २७ गतेको विश्वासको मतअगाडि सहमतिको वातावरण बन्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस