२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

गायक प्रेमध्वज प्रधानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २३, २०७८

    चाैतारा : वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति प्रधानमन्त्री केपी शर्मा अाेलीले दुख व्यक्त गरेका छन्।

    प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्,
    मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।

    नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन्।

    विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।  उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्। 

    यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फूलहरू’, ‘गोरेटो त्यो गाउँको’, ‘नमान लाज यसरी’ लगायतका दर्जनौं कालजयी गीत गाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस