बैशाख २३, २०७८
चौतारा : सिन्धुपाल्चोकवासीका लागि खुलाइएको मध्यभोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आइपिओ) स्थगित भएको छ ।
सिन्धुपाल्चोकमा आजबाट निषेधाज्ञा जारी गरिएकाले भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको हो ।
कोरोना संक्रमणको समयमा कम्पनीले खुलाएको आइपीओप्रति जिल्लामा टिका टिप्पणी भएको थियो । आइपिओ भर्न गाउँ गाउँबाट स्थानीयवासी सवारी साधन प्रयोग गरेर बैंकमा आउने क्रम बढेकाले संक्रमण फैलने त्रास बढेको थियो ।
निषेधाज्ञा भएकै कारण तत्काललाई बन्द गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस