२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बाढी पहिराे पीडितलाई घर बनाउन सरकारले ५ लाख उपलब्ध गराउने

  • २०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २१, २०७८

    चाैतारा : सरकारले बाढी पहिराे पीडितलाई घर बनाउनका लागि ५ लाख उपलब्ध गराउने भएकाे छ। विपदमा परेर घरबार गुमाएकाहरुको निजी आवास निर्माण गर्न लागि ५ लाखका दरले उपलब्ध गराउने भएकाे हाे।

    सिन्धुपाल्चोकसहित बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्नको लागि रकम दिन लागेको हो ।

    घर पूर्ण रुपमा क्षति भएकाले हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख पाउने भएका छन् । सिन्धुपाल्चोक पहाडी  जिल्ला भएकाले पीडितले चार लाख पाउने छन् ।

    यो तीन किस्तामा सम्बन्धित पीडितले पाउने छन् । सिन्धुपाल्चोकको हकमा पीडितले पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख ५० हजार र तेस्रो २ लाख पाउनेछन् । यो आवास निर्माणको कार्यप्रगति हेरेर प्रदान गरिनेछ ।

    घर पूर्ण क्षति भएकाले अस्थायी रुपमा बस्नका लागि बास बनाउन अस्थायी आवास अनुदान ५० हजार पाउने छन् । पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार पाउने कार्यविधिमा उल्लेख छ ।
    आंशिक क्षति भएकालाई घर प्रबलीकरण तथा मर्मत गर्न ५० हजार दिइनेछ । त्यस्तै घडेरीसमेत नभएकालाई घडेरी किन्नका लागि ३ लाख अनुदान दिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस