२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

यी हुन् रुघा लाग्दा बन्द नाक खुलाउने घरेलु उपाय

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २०, २०७८

    एजेन्सी : जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो ।

    बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।

    बाफ
    पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

    कागती चिया
    कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

    सर्स्युँको तेल
    एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

    नूनपानी
    पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

    नाक सेक्ने
    एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

    तुलसीको पात
    बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

    मह
    महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।

    नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस