बैशाख १६, २०७८
चौतारा : बलेफि गाउँपालिकामा वडाध्यक्षले लगाएको ताला पालिका अध्यक्षले फुटाएका छन्। बुधबार वडाध्यक्षले लगाएको ताला अध्यक्ष केदार क्षेत्रीले प्रहरीको रोहवरमा फुटाएका हुन्।
बलेफि २ का वडाध्यक्ष छविलाल न्यौपानेले वडा कार्यालय भवन निर्माणका लागि बनाएको निर्माण समितिलाई हटार्एर अर्को समिती गठन गरेपछि वडामा ताला लगाएका थिए। पालिका अध्यक्षको निर्देशनमा उपाध्यक्ष कमल कायस्थले अर्को समिती निर्माण गरेकी थिइन्।
पालिकालाई पार्टी कार्यालय बनाउन खाजेको आरोपमा वडाध्यक्षले ताला लगाएका थिए।
प्रतिक्रिया दिनुहोस