बैशाख १६, २०७८
चौतारा : कोरोना संक्रमणबाट सिन्धु विकास बैंक खाडिचौरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका १ का ४३ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।
भक्तपुर इन्टरनेशनल हस्पिटलको भेन्टिलेटर ४ दिनदेखि उपचारारत थिए। सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरुभएसँगै मर्ने उनी पहिलो व्यक्ति हुन्।
सिन्धुपाल्चोकमा पछिल्लो सयम कोरोना तिव्र रुपमा फैलिरहेको छ। काठमाडौं उपत्यकासहितमा निषेधाज्ञा गरेपछि जिल्ला भित्रको संख्या बढेपछि थप जोखिम परेको छ।
गत सालपछि कोरोना संक्रमणबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।
प्रतिक्रिया दिनुहोस