२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिडिओलाई निषेधाज्ञा गर्ने अधिकार दिने सरकारको निर्णय

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १५, २०७८

    काठमाडौं : कोरोना संक्रमित बिरामीका लागि अभाव नहोस् भनी सरकारले अक्सिजन सिलिन्डर लगायतमा कर छुट दिने निर्णय गरेको छ। सञ्चालनमा नरहेका सिलिन्डर उद्योगलाई पनि चलाउने सरकारले निर्णय गरेको छ। साथै मर्मत सम्भार पनि सरकारले बढाउने बताएको छ।

    कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने अधिकार पनि सरकारले दिएको छ। १० दिन क्वारेन्टाइन बसेको होटलको प्रमाण ल्याए सीमाबाट भित्रिन दिने पनि सरकरले निर्णय गरेको छ।

    आज मन्त्रिपरिषद् निर्णय सरकारका प्रवक्ता पार्वत गुरुङले हवाई मार्गबाट नेपाल प्रवेश गरेकाले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने पनि सरकारले निर्णय गरेको जानकारी दिए।

    देशभरका विद्यालयमा भौतिक उपस्थितिबिना भर्चुअल माध्यमबाट पठनपाठन गर्न पनि सरकारले भनेको छ। अत्यावश्यक बाहेक अन्य सरकारी कार्यालयले आलोपालोमा काम गर्नु पनि सरकारले भनेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस