बैशाख १५, २०७८ चौतारा : बैशाख मसान्तपछि बार्षिक परिक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ।
जिल्लामा कोरोना दिनप्रतिदिन फैलिदै गएपछि आज बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपनि विद्यालय खोल्ने निर्णय उल्टाएको हो।
आज बसेको बैठकले बिहिबारदेखि गर्ने भनिएको सबै तहको परिक्षा समेत स्थगित गरेको छ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटासहित बसेको बैठकले वैशाख महिनाभरमा सबै तहको परिक्षा सम्पन्न गरि जेठबाट विद्यालय विदा गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस