बैशाख १५, २०७८
चौतारा : सिन्धुपाल्चोकबाट निर्वाचन प्रदेश सभा सांसद सरेश नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् विस्तार गरेपछि नेपाल सरकारमा प्रवेश पाएका हुन्।
यस अघि सो मन्त्रालयको जिम्मेवारी सिन्धुपाल्चोकबाटै निर्वाचित अरुण नेपालले सम्हालेका थिए। साविक नेकपाको विवादको क्रममा अरुणले सो मन्त्रालयबाट राजीनामा दिएका थिए।
उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस