२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

विस्थापितलाई सभामुखले भने : चाँडै स्थायी बाँसको व्यवस्था हुन्छ

  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १४, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका २ लिदी पहिराबाट विस्थापित भएकाहरुसँग भेटवार्ता गरेका छन्। उनले पीडितहरुलाई यही बर्खा अगावै स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

    बाँसखर्कमा पुगेका पीडित समक्ष भने, ‘हामी चाँडै नै स्थायी बसोबासको व्यवस्था गछौँ। यही बर्खाअघिलाई चाहि हामीले अस्थायी रुपमा जस्तापाता उपलब्ध गराउँछौँ।’

    जुगल गाउँपालिका २ लिदीमा गत साउन ३० गते बिहान गएकापहिरामा ३९ जनाको मृत्यु भएको थियो, भने पुरै बस्ती नै विस्थापित भएको थियो।

    हाल बाँसखर्कमा १ सय ७३ घरका परिवार बसोबास गर्दै आइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस