बैशाख १३, २०६७
चौतारा : उपत्यकाबाट प्रवेश गर्ने व्यक्तिमार्फत जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले चेकजाँचमा कडाइ गरेको छ । सीमा नाकामा कडाई गर्न आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल आफैं चेकजाँचमा निस्किएका हुन्।
जिल्लामा रहेका तीन वटै सुरक्षा निकायका प्रमुखसहित शनिबार जिल्ला छिर्ने नाका वनदेउ पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सवारीसाधनहरुमा स्वास्थ्य मापदण्ड पालना भए/नभएको जाँच गरे ।
पहिलो चरणमा मास्क नलगाउनेलाई मास्क वितरणसमेत गरिएको उनको भनाइ छ ।
मापदण्ड पालना नगर्नेलाई पहिलो फेजमा सम्झाएको भएपनि दोस्रो चरणमा कारबाही हुने उनले बताए।
कोरोनाको जोखिम बढेसँगै जिल्लाको प्रमुख शहर चौतारा, बाह्रविसे, मेलम्ची लगायतका सचेतनामूलक कार्यक्रम गरिरहेको समेत उनले बताए।
जिल्लामा हाल ३ जना सक्रिय संक्रमित छन् । तर, स्वास्थ्य मापदण्डको पालना भए जोखिम बढ्न सक्ने भएकाले कडाइ गर्न थालिएको हो।
प्रतिक्रिया दिनुहोस