२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

धुम्रपानबाट टाढा रहने कसरी ? यस्तो छ प्राकृतिक उपाय

  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १३, २०७८

    एजेन्सी : धुम्रपान गर्दा के हुन्छ भन्ने विषयमा यहाँ कुरा नगरौँ । यसको बेफाइदाको बारेमा जानकार धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दा खोज्दै पनि नसकेको अवस्था हुनसक्छ । यस्तो समस्यामा पर्नुभएको छ भने हामी प्राकृतिक तरिकाबाट धुम्रपानबाट टाढा राख्ने उपाय तपाईंहरुमाझ पस्कँदै छौँ ।

    -बिस्तारै कम गर्नुहोस्ः

    यदि दिनमा १० देखि १२ वटा चुरोट पिउनुहुन्छ भने यसलाई दिनप्रतिदिन घटाउँदै लानुहोस् । आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोच्दै हुनुहुन्छ भने बिस्तारै घटाउँदै लाने गर्नुभयो भने यसलाई तपाईंले चटक्कै छोड्न सक्नुहुन्छ ।

    – धुवाँबाट टाढा रहुनहोस्ः

    यदि तपाईं धुम्रपानबाट टाढा बस्न चाहनुहुन्छ भने निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्नुपर्ने हुन्छ । यसका लागि तपाईंले बेकिङ सोडाको प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको कुनै पनि फर्निचरबाट चुरोटको गन्ध हटाउने काम गर्दछ ।

    -आफ्नो मुखलाई व्यस्त राख्नुहोस्ः

    जतिबेला तपाईंलाई चुरोट पिउन मनलाग्छ, त्यतिबेला चुइङगम खानुहोस् । यसका साथसाथै तपाईंले ललिपप र टुथ पिकको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

    -पहिला जाने ठाउँमा जान बन्द गर्नुहोस्ः

    जब तपाईं धुम्रपान छोड्ने सोच्दै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा पहिले तपाईं धुम्रपानका लागि पहिला जाने ठाउँमा जान बन्द गर्नुपर्छ र ती साथीहरुलाई भेट्न पनि बन्द गर्नुपर्ने हुन्छ जो धुम्रपानको अम्मली छन् ।

    -संगीत सुन्नुहोस्ः

    आफूलाई मनपर्ने संगीत सुन्नुहोस् । यसले तपाईंको दिमागलाई आराम दिने गर्दछ ।
    – स्वच्छ हावाः
    आफ्नो घरलाई चुरोटको धुवाँबाट मुक्त गर्नुहोस् । कोठाको झ्यालहरु धेरैजसो खुल्ला राख्नुहोस् ता कि तपाईंको कोठामा स्वच्छ हावा आवतजावत होस् ।

    – आफ्नो दिनचर्यालाई परिवर्तन गर्नुहोस्ः

    यदि तपाईं बिहान चियासँग चुरोट खाने गर्नुहुन्थ्यो भने त्यतिबेला केहि अरु नै काम गर्नुहोस् ।

    – धुम्रपानलाई याद दिलाउने सामानहरु फ्याँकिदिनुहोस्ः

    धुम्रपान त्याग्ने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले लाइटर, एसट्रे, सिगरेट होल्डर, सलाइहरु फ्याकिँदिनुहोस् ।

    – खाली समयमा सिगरेट नपिउनुहोस्ः
    कामको बीचमा हुने खाली समयमा चुरोट नपिउनुहोस् जस्तै कम्प्युटरमा केहि गेम खेल्नुहोस् । यदि अफिसमा गेम खेल्न मनाही छ भने फोनमा साथीहरुसँग कुराकानी गर्नुहोस् अथवा कुनै फल खानुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस