२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कोरोना दोस्रो लहर बढेपछि हेलम्बुकोे आग्रह : स्वास्थ्य मापदण्ड पालना गरौँ

  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १०, २०७८

    चौतारा : कोरोनाको दोस्रो लहर फैलिएपछि हेलम्बु गाउँपालिकाले सर्वसाधरणलाई सचेतना अपनाउन आग्रह गरेको छ। बिहिबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहर फैलिरहेको अवस्थामा सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गरेको हो।

    कोरोना तिव्र रुपमा फैलिइरहेको भन्दै सरकारले यही ६ गते गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नका लागि आग्रह समेत गरेको छ।

    साथै, पालिकाभरको सर्वसाधारणमा कुनै समस्या भए अध्यक्ष निमाग्याजेन शेर्पा, प्रशासकिय अधिकृत बिष्णुहरी तिमल्सिना, स्वास्थ्य शाखा ज्ञानेन्द्र सिग्देल र इलाका प्रहरी कार्यालय हेलम्बुमा सम्पर्क गर्न समेत सुझाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस