बैशाख ९, २०७८
चौतारा : सभामुख अग्निप्रसाद सापकोटा लिदी पहिरो विस्थापित भेट्नको लागि आज बाँसखर्क जाने भएका छन्। लिदी पहिरोबाट विस्थापित भएर बाँसखर्कमा बसोबास गरिरहेको पीडितको अवस्था बुझ्न सभामुख बाँसखर्क जान लागेका हुन्।
बाँसखर्कका पीडितहरुको अवस्था बुझेर फर्केपछि सभामुख नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रममा सहभागी हुने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
चैत २५ गते भएको निर्वाचनमा बाम गठबन्धबाट जीवन श्रेष्ठको प्यानल नै विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस